विदा लिएर श्रीमतीसँग समय बिताउदै शाहिद

बलिउड स्टार शाहिद कपूर दोश्रो बच्चाको बुबा बन्ने क्रममा छन् । आउँदो अक्टोबरमा शाहिदकी श्रीमती मिरा आमा बन्ने भएकाले शाहिदको घरमा बेबी सावरको कर्यक्रम राखिएको थियो । उक्त बेबी सावर कार्यक्रममा शाहिद तथा मिराका नजिकका साथीभाई सहित जान्वी कपूर,  ईशान खट्टर, पंकज कपूर,  सुप्रिया पाठक लगायतलले सहभागिता जनाएका थिए ।

आफू भन्दा १३ बर्ष कान्छी रहेकी मिरासँग शाहिद २०१५ को जुलाईमा विवाह बन्धनमा बाधिएका थिए । उनीहरुको पहिलो सन्तान छोरी मिसाको जन्म २०१६ को २६ अगष्टमा भएको थियो । यस्तै अबको महिना भित्र आफू पुन बुबा बन्ने भएपछि शाहिदले आफ्नो सवै सुटिङ स्थगित गर्दै एक महिनाका लागि लिभ लिएका छन् । हाल शाहिद आफ्नो नयाँ फिल्म बत्ती गुल मिटर चालुको सुटिङमा व्यस्त छन् । यस्तै बत्ति गुल मिटर चालु पस्चात  उनी रेड्डीको सुटिङमा व्यस्त हुनेछन् ।