सन्नी पाएपछि अनुपलाई हतार परेछ

अभिनेता अनुप विक्रम शाहीले मिडियालाई सन्नी लियोनी र आफूले पासवर्ड फिल्म गर्न लागेको खबर दिए । उनले त सन्नीसँग आफनो फिल्ममा दृश्य पनि रहेको गफ दिन भ्याए । अनुपले भनेपछि मिडियाले त्यसलाई नै फलो गर्ने कुरा भैहाल्यो । अनुप विक्रम सन्नी लियोनसँग काम गर्न उत्साहित त थिए त्यसमा पनि यो खबर सार्वजनिक गर्न हतार गर्दै थिए ।

तर, फिल्मको निर्माताले पठाएको प्रेस रिलिज हेर्दा सन्नी लियोनी फिल्मकी हिरोइन नै होइन रहिछन् । अनुप र सन्नीको एकसाथ दृश्य पनि छैन रहेछ । बरु, फिल्मका निर्माता पनि रहेका विक्रम जोशीले सन्नीसँग आइटम गीतमा नाच्ने रहेछन् । अनुप विक्रमले भने सन्नी र आफ्नो धेरै सिन रहेको खबर दिएका थिए । सन्नी लियोनीले फिल्म पासवर्डका लागि आइटम मात्र गर्ने कुरा फाइनल भएको रहेछ । अनुप भने सन्नीको हिरो बन्न लागेको खबर दिएर दंग परिरहेका थिए ।

सन्नी लियोनीसँग काम गर्न पाउँदा उत्साहित हुनु त राम्रै हो । तर, आफू नै मुख्य हिरो, आफूसँग थुप्रै सिन छ भनेर भन्नु त हतार होइन र अनुप जी ? खासमा तपाई फिल्ममा भिलेन पो रे त ?