सलमान खानकी बिदेशी गर्लफ्रेन्ड बलिउड फिल्म खेल्दै

बलिउड सुपरस्टार सलमान खान आफ्नो फिल्ममा नयाँ अनुहारलाई चान्स दिने अभिनेता हुन् । हालै मात्र उनले आफ्नो होम प्रोडक्सन फिल्मबाट ज्वाई आयूष शर्मालाई फिल्म लबरात्री मार्फत बलिउडमा डेब्यू गराएका थिए । अब भने सलमान आफ्नी गर्लफ्रेन्डलाई नायिका बनाउँन तम्सिएका छन् । सलमानकी रोमानियाली गर्लफ्रेन्ड यूलिया वन्तुरले नाम जुर्न बाकी रहेको एउटा फिल्म मार्फत बलिउड डेब्यू गर्ने तय भईरहेको भारतिय मिडीयाहरुले बताएका छन् ।

फिल्ममा हिन्दी बोल्न जान्ने एक विदेशी हिरोइन चाहिएकोले, उक्त भुमिकामा यूलिया फिट भएकी हुन् । फिल्ममा यूलियाको अपोजिटमा को देखिन्छन् भन्ने पक्का भएको छैन । फिल्मको सुटिङ पोल्यान्ड, दिल्ली र मथुरामा हुनेछ । यूलियाले यसअघि तीनवटा बलिउड फिल्मका गीतहरु गाईसकेकि छन् । उनले सलमानकै फिल्म रेस ३ मा पनि एउटा गीतमा स्वर दिएकी थिईन् । रोमानियामा भने उनी मोडलिङमा सक्रिय थिईन् । सलमान र यूलिया दुवैले भने आफूहरुबीच कुनै सम्बन्ध नरहेको बताएका छन् । उक्त फिल्मलाई प्रेम सोनीले निर्देशन गर्ने भएका छन् ।