पुजाको छेउमा आकाश

- मेराेफिल्म

फिल्म ‘राम कहानी’को नयाँ गीत ‘आएँ म तिम्रो छेउ’को लिरिकल भिडियो सार्वजनिक भएको छ । यसअघि सार्वजनिक भएको फिल्मको गीत ‘तिम्रो लागी म छु’ले निकै चर्चा कमाइरहेको अवस्थामा फिल्म यूनिटले फिल्मको दोश्रो गीतको लिरिकल भिडियो सार्वजनिक गरेको हो । पूजा शर्मा र आकाश श्रेष्ठको मुख्य भुमिका रहेको फिल्ममा केदार घिमिरे, जितु नेपाल र विल्सन विक्रम राई रविन्द्र झा, राजाराम पौडेल, शोभित बस्नेत, शिशिर राणा, बिशाल पहारी, सुनिता श्रेष्ठ ठाकुर लगायतका कलाकारको अभिनय रहेको छ ।

सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा कबिराज गहतराजको कोरियोग्राफी, अर्जुन पोखरेलको शब्द संगीत, महेश दवाडी र दिनेश न्यौपानेको पटकथा सम्बाद, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, सौरव लामाको छायाङ्कन रहेको छ । नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाले संयुक्त रुपमा निर्माण गरेको फिल्म भदौ २२ देखी प्रदर्शनमा आउँदै छ ।

२०७५ भदौ ७ गते १९:५५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *