फ्राइडे रिलिजमा ‘नाई नभन्नु ल ५’ र ‘रेनी’

विकाश राज आचार्य निर्देशित फिल्म ‘नाई नभन्नु ल ५‘ शुक्रवारबाट प्रदर्शनमा आएको छ । मल्टी स्टारर फिल्म ‘नाई नभन्नु ल ५’ प्रतिक्षित मानिएको फिल्म हो । यसलाई लिएर अनेकौँ आँकलनहरु गरिएका छन । सिरिजको पहिलो फिल्म ‘ नाई नभन्नु ल’को तुलनामा ‘नाई नभन्नु ल ४’ सम्म आइपुग्दा फिल्मले व्यवसायिक सफलता कम हाँसिल गरेको छ । व्यवसायिक हिसाबमा पनि ‘नाई नभन्नु ल ५’ अब्बल साबित हुनुपर्ने प्रेसर निर्माण यूनिटलाई रहेको छ ।

फिल्ममा निरुता शिह, दिलिप राईमाझि, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपाल, अनुभब रेग्मी, सेड्रिना शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ । हरिबोल भण्डारी तथा गौरी राज जोशीको संयुक्त लगानी रहेको फिल्ममा सामिप्य राज तिमल्सिना र विकाश राज आचार्यको कथा रहेको रहेको छ । फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन रहेको छ भने सम्पादन अर्जुन जिसीले गरेका हुन ।

फिल्म ‘रेनी’ पनि शुक्रवारबाटै प्रदर्शनमा आएको छ । त्रिकोणात्मक प्रेम कथा समेटिएको फिल्ममा सरोज खनाल र नवनायिका सनम मल्लको मुख्य भुमिका रहेको छ । बिमला मल्ल र संजिव मल्लले निर्माण गरेको फिल्ममा सुरवीर पण्डित ‘दारी बा’, दीपक ढकाल, गिरिश रिजाल ‘समीप’ लगायतका कलारारहरुको अभिनय रहेको छ । गिरिश रिजालको निर्देशन रहेको फिल्मको स्क्रिप्ट नवनायिका सनमले लेखेकी हुन् । जयराम थापाको छायांकन रहेको फिल्मका गीतमा बिनोद खुम्बु र पुस्कर सुनुवारको संगीत छ भने गीत सनम मल्ल र गुरु भुटियाले लेखेका हुन् । राजु किराँतको द्वन्द र अनिश लामाको कोरियोग्राफी रहेको छ ।