फिल्म रेनीको स्याड भर्सन गीत ‘माया यो कस्तो माया’

आजबाट हलमा लागेको फिल्म रेनीको स्याड भर्सन गीत ‘माया यो कस्तो माया’ रिलिज भएको छ । भिडीयोमा दिपक ढकाल र सनम मल्ल फिचर्ड छन् । गीतमा मेलिना राईको स्वर, विनोद खम्बुको संगीत, र गुरु भुटियाको शब्द रहेको छ ।

शाही मल्ल फिल्मस्को ब्यानरमा निर्मित फिल्ममा गिरिश रिजालको निर्देशन रहेको छ भने फिल्ममा सरोज खनाल, सनम मल्ल, दीपक ढकाल,सुरवीर पण्डित, रमेश लम्साल, बबिता लम्साल, टंक डुम्रे, गुरु भुटिया, बिजय त्रिखत्री लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा सनम मल्लको स्क्रिृप्ट, जयराम रिजालको छायांकन, र राजु किराँतीको द्वन्द निर्देशन रहेको छ । फिल्मको निर्माता बिमला मल्ल र संजीव मल्ल हुन् ।