‘मेरी मामु’को सांगीतिक कार्यक्रम सहितको मोफसल टुर

‘प्रेम गीत’ र ‘प्रेम गीत २’को सफलतापछि निर्माता सन्तोष सेनले निर्माण गरेको फिल्म ‘मेरी मामु’को प्रचारका लागि सांगीतिक कार्यक्रम सहितको मोफसल टुर हुने भएको छ । भदौ ७ बाट काठमाडौंदेखि सुरु भएको सांगीतिक टुर भदौ ८ मा पनि काठमाडौंमै हुनेछ । त्यसपछि यो टिम ९ गते पोखरा,  १० गते बुटवल, ११ गते चितवन, १२ गते इटहरी, दमक हुँदै १३ गते धरान पुगेर सम्पन्न हुने निर्माता सन्तोष सेनले बताएका छन् ।

निर्माता सन्तोष सेन निर्मित फिल्ममा उनकै ७ बर्षीय छोरा आयुव सेन, रानी डेब्यू नायक सारुक ताम्राकार र प्रेमगीत २ डेब्यू नायिका अश्लेषा ठकुरीको मुख्य भूमिकामा रहेको छ भने नव नायिका कुसुम गुरुङ फिल्ममा नायिका भूवन चन्द, नव कलाकार दुर्गा मल्ल, बालकलाकार कृजन गौतम, शुभम बिष्ट लगायतको समेत अभिनय रहेको छ । लेखन तथा निर्देशन याम थापाको रहेको फिल्म भदौ १५ गतेबाट विश्वव्यापी रिलिज हुने छ ।