अभिनेत्री सोफियाका पुर्व पति पक्राउ

भारतीय अभिनेत्री सोफिया हयातका पूर्व श्रीमान लण्डनस्थित एक परफ्युमको शोरुमबाट पक्राउ परेका छन् । सोफियाले आफ्ना पूर्व श्रीमानविरुद्ध मुद्दा दर्ता गरेकी थिइन् । सोफियाले पूर्व श्रीमानले धोका दिएको भन्दै उनीसँग नाता ताडेको र घर निकाला गरेको जानकारी सोसल मिडियामार्फत दिएकी थिइन् ।
उनले विवाहको केही महिना पछि नै श्रीमानलाई शैतान बताउँदै पूर्व श्रीमान भ्लाद पूर्ण रुपमा ऋणमा डुबेको र रकम असुल्नका लागि आफूलाई प्रयोग गरिरहेको बताएकी थिइन् । सोफियाले पुलिसमा मुद्दा दर्ता गरेपछि भ्लाद फरार भएका थिए । मोडलबाट भिक्षुणी बनेकी बिग बसकी पूर्व प्रतियोगी सोफियाले आफूभन्दा १० वर्ष कान्छा इन्टेरियर डिजाइनर भ्लादसँग गत वर्ष विवाह गरेकी थिइन् । सोफियाले तनावका कारण बच्चालाई जन्म अगावै गुमाएको जानकारी पनि दिएकी थिइन् ।

‘एनिमल’ रिलिजपछि सोसल मिडियामा भाइरल भैरहेकी तृप्ति डिमरी

२ दिनमै ‘एनिमल’को कमाई सय करोड माथि

‘एनीमल’को समयः हलमा ३ घन्टा २१ मिनेट, ओटीटीमा ४ घन्टा

ट्रेलर रिलिज अगावै सालारको 'प्लट' लिक

यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

शुक्रबार फिल्म रिलिज भयो, आइतवारसम्म हामी गरिब भयौँः फराह खान

प्रतिक्रिया