गोरिनीसंगको बेडसिनले सासु रिसाइन् (भिडियो सहित)

कलाकार भएपछि जस्तो पनि अभिनय गर्न सक्नु पर्छ । आफुले गरेको क्यारेक्टरको अभिनयमा न्याय प्रदान गर्न सक्नु नै कलाकारको मुख्य धर्म हुन आउछ । तर धर्म निभाउने कर्तब्य पुरा गर्ने क्रममा पनि कहिले कहिँ कलाकारलाई समस्या आउने रहिछ । कलाकारलाई पब्लिक फिगर भएकै कारण आफ्नो व्यक्तिगत जीवन हुदैन भन्ने गरिन्छ तर यसो भनिरहदा के उनीहरुको चै आफ्नो इच्छा आकंछा नहोला र ? पब्लिक फिगर भएकै कारण आफुलाई दबाएर राख्न पर्ने भन्ने त नहुनु पर्ने ।

केहि समय अघि फिल्म ‘कथा काठमान्डौ’ को एक गीतमा गरेको अभिनय कै कारण अभिनेत्री प्रियंका कार्कीले विभिन्न किसिमका नकारात्मक टिप्पणीको सामना गर्न पर्यो । त्यति मात्र नभएर उनको व्यक्तिगत जीवन सँग जोडेर चर्चा गर्नेको पनि कमि थिएन । मौन रहेर नै उनले सबै कुरा पचाईन् । यस किसिमको समस्या जो कोहि कलाकारले पनि भोग्न पर्ने हुन्छ ।

अभिनेता तथा संचारकर्मी सुरज सिंह ठकुरीको पनि यस किसिमको रमाइलो अनुभव रहेको छ । उनले रिलमा गरेको अभिनयको कारण रियल लाइफमा प्रश्न खडा भएको थियो । सरल गुरुङ संगको नेपाल ट्युब युटुब च्यानलको अन्तरबार्ताका क्रममा उनले यो कुरा उल्लेख गरेका छन् । फिल्ममा भएको बिदेशी केटिसँगको उत्तेजनात्मक दृश्य हेरेर उनलाई उनकी सासुले ‘त्यो खैरेनी केटि फर्क्यो की यहि छ?’ भनेर प्रश्न गरेकी थिइन् । म्युजिक भिडियो निर्देशक, मोडल हुदै ठुलो पर्दाको फिल्म गरेका उनी फिल्मी क्षेत्र प्रवेसको बारे आफ्नी छोरीलाई कारण मान्छन् । फिल्म हेर्न पहिलो पटक हलमा जादा उनी उनकी छोरीले ठुलो पर्दामा आफ्नो बाबालाई देखोस भन्ने चाहनाका कारण फिल्म खेलेको बताउछन् ।

रिल र रियललाइफको फरक छुट्याउन सक्ने कार्की र ठकुरीको परिवारका कारण यी दुइलाई त धेरै ठुलो समस्या सिर्जना हुन सकेन । तर कतिपय कलाकारको यस्तै कारणबाट परिवार र सम्बन्धमा दरार आएको र आउन सक्ने सम्भावना रहन्छ । ठकुरी र कार्की त प्रतिनिधि पात्र मात्रै हुन् यस किसिमको समस्या सबै कलाकारलाई नै आउन सक्ने कुरालाई नकार्न पनि सकिन्न ।