आफ्नै रगतको फेस क्रिम लगाउने मोडल

- मेराेफिल्म

पप गायक जस्टिन बिबरकी प्रेमिका तथा मोडल हेली बाल्डविनले आफ्नै रगत प्रयोग भएको फेस क्रिम प्रयोग गर्ने गरेको बताएकी छन् । ‘फिमेलफस्ट डटको डट यूके’ नामक वेबसाइटका अनुसार २० वर्षीया मोडेल बाल्डविनले एक छाला विशेषज्ञको सल्लाहमा यस किसिमको लोसन प्रयोग गर्ने गरेकी हुन ।

छाला विशेषज्ञले बाल्डविनको बायाँ हातबाट रगत निकालेर त्यसमा अन्य पदार्थ मिलाएर एउटा विशेष मेसिनद्वारा फिल्टर गरे । बाल्डविनले भनिन्, ‘म उनै छाला विशेषज्ञले दिएको लोसन प्रयोग गर्छु, जसमा मेरो आफ्नै रगत प्रयोग हुन्छ ।’  उनी आफ्नो छालाको विशेष ख्याल गर्छिन् ।

२०७५ भदौ ८ गते १४:४० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *