लौन के गर्या यस्तो ?

तस्बिर हेर्दा यूवती चिनिएता पनि यूवक को हुन् चिन्न गाह्रो पर्छ  ।  तर, यूवकको भेषमा देखिने मानिस पनि यूवती नै हुन् । अभिनेत्री प्रियंका कार्कीको गर्धनको तल चुम्बन गर्ने पुरुष होइनन्, महिला नै हुन् । निर्देशक दिपाश्री निरौलाले प्रियंकाको गर्धन तल चुम्बन गरेकी हुन् ।

राजधानीको सोल्टी होटलमा आयोजना भएको कृति अवार्डमा प्रियंका र दिपाले छक्का पन्जा ३ को पहिलो नम्बरमा गीतमा नृत्य गरेका थिए । जसमा प्रियंका युवती बनिन् भने दिपा युवक बनेकी थिइन् ।

नृत्य गर्नु त ठिकै हो । तर, एउटा तस्बिरले हजार शब्दको बयान गर्छ भन्छन् । दिपा र प्रियंकाको यो तस्बिरले पनि हजार शब्दको बयान गरिरहेको छ ।

दिपाको जन्मदिनमा हिजै अभिनेत्री प्रियंका कार्कीले पनि दिपाको गालामा चुम्बन गरिन् र माया देखाएकी थिइन् । दिपा र प्रियंकाले वडा नम्बर ६ बाट एकैसाथ काम गरेका छन् । यही भएर पनि उनीहरुको दोस्ती निकट छ । तर, भेट्ने वित्तिकै चुम्बन गरिहाल्ने बानी भने अनौठो छ यी दुईको ।