आँखालाई मात्र शित्तल दिन खोज्दा दर्शक भड्किए भने के होला प्रदिपको स्टारडम ?

३–४ वटा फिल्म कलाकारको नामले चल्छ होला । तर, लगातार ३–४ वटा फिल्ममा खासै नयाँ प्रयोग गरिएन भने दर्शक नामले मात्र हलमा आउँदैनन् ।

अभिनेता प्रदिप खड्का अहिले दर्शकको आँखालाई आराम दिने फिल्म बनाउनुपर्ने पक्षमा छन् । अहिले नेपाली फिल्म हेर्ने दर्शकले आँखाको आरामवाला फिल्म खोजेका छन् रे । यसैले दर्शकलाई आराम दिन प्रदिप विदेशी लोकेशनमा फिल्म खिच्न रुचाउँछन् ।


प्रदिपले काम गरेका फिल्मको लोकेशन हेर्ने हो भने पनि विदेशमा बढी देखिन्छ । प्रदिप यसो हुनुको कारण अहिले दर्शकले आँखाले फिल्म हेरेको र मनले नहेरेको बताइरहेका छन् ।

तर, प्रदिपले नै मान्नुपर्छ कि प्रेमगीत खेल्दा रमाएका दर्शक प्रेमगीत २ र लिलिबिली खेल्दा विच्कन थालेका छन् । अब पनि प्रदिपले दर्शकलाई कथावस्तु राम्रो भएको फिल्म दिएनन् र आँखालाई शित्तल दिन्छु भन्दै विदेशमै रमाए भने हल खाली हुन बेर लाग्दैन ।

बिषयवस्तु उत्कृष्ट भएका फिल्म बलिउडमा पनि चलेका छन् नेपालमा पनि चलेका छन् । प्रदिपले बिषयवस्तु भन्दा लोकेशनलाई बढी हन्टिङ गर्न थाले भने भोली हलमा दर्शक नै हन्टिङ गर्नुपर्ने हो कि ?