‘दोस्ताना’ सिक्वेलमा सिद्धार्थ र जान्भी फाइनल

निर्माता तथा निर्देशक करण जोहर २००८ मा बनेको फिल्म ‘दोस्ताना’को सिक्वेल बनाउने तयारीमा छन् । अहिले फिल्मको स्क्रिप्टको काम भैरहेको छ । कथावस्तु राम्रो पाएको भएर उनले फिल्म निर्माण गर्ने निर्णय गरेका हुन् । यो फिल्मलाई ‘दोस्ताना’का निर्देशक तरुन मन्सुखानीले नै निर्देशन गर्नेछन् ।

भारती मिडियाका अनुसार करणले यस फिल्मका लागी मुख्य २ कलाकार फाइनल गरेका छन् । यो फिल्मका लागि नायक सिद्धार्थ मल्होत्रा र नायिका जान्भी कपुरलाई फाइनल गरिएको हो । एक जना लिड नायकका साथै अन्य कलाकार अझै फाइनल हुन बाकी छन् ।