फिल्म ‘मासु भात’ मा रियल जोडी सौगात – सृष्टि

- मेराेफिल्म

फिल्म ‘मासु भात’ मा रियल प्रेम जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठलाई एकसाथ पर्दामा दर्शकले हेर्न पाउने भएका छन् ।

उत्कृष्ट कथा र भूमिका भेटेको खण्डमा सँगै काम गर्न तयार रहेको बताउँदै आएका सौगात-सृष्टिले निर्देशक सञ्जीव न्यौपानेको फिल्म ‘मासु भात’ मा एकसाथ काम गर्न लागेका हुन् । दुवैले फिल्म साइन गरिसकेका छन् । हाल फिल्मको लोकेसन हन्टिङको काम भइरहेको छ । फिल्मको अन्य कलाकार र टिमका साथ केही दिनमा नै औपचारिक घोषणा गरिँदैछ ।

यस अघि फिल्म ‘लालपूर्जा’ मा पनि सौगात र सृष्टिले काम गरेका थिए तर यी दुईको एकअर्कासँग कुनै दृश्य भने थिएन । अब पहिलो पटक रियल लभ कपललाई दर्शकले एकसाथ स्क्रिन सेयर गरेको देख्न पाउने छन्  ।

२०७५ भदौ १० गते १३:५२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *