स्वस्तिमालाई सेड्रिनाको छायाँ

नाई नभन्नु ल ५ चल्नु भन्दा ठिक १ दिन अघिसम्म अभिनेत्री स्वस्तिमा खड्कालाई हिरोइन भनेर हेरियो । यो फिल्मले स्वस्तिमालाई फाइदा हुन्छ पनि भनियो । तर, फिल्म हेरिसकेपछि ठूली स्वस्तिमालाई सानी स्वस्तिमाले ओझेल मै पारिदिइन् ।

सानी स्वस्तिमाको रुपमा देखिएकी सेड्रिना शर्माले नै यो फिल्म धानेको भनेर समिक्षा भएको छ । उनले सुरुवातदेखि अन्त्यसम्म फिल्मलाई धानेकी छिन् । शनिबार फिल्मले दर्शकलाई हलसम्म तान्दा स्वस्तिमा हलमा देखिइनन् । तर, सेड्रिना हल हलमा पुगिन् । उनी रोएको भिडियो  युटुबभरी छरिएको छ ।

स्वस्तिमालाई भने अर्को फिल्मको काममा नै फुर्सद भएन । फिल्मको पब्लिसिटीको बेलामा पनि स्वस्तिमाले समय दिन नसकेपछि विकासराज आचार्यले सेड्रिनालाई नै अघि सारेका थिए । यसैले त्यो समयमा पनि सेड्रिना हाइलाइटमा थिइन् । फिल्म चलेपछि त स्वस्तिमा खड्काको उपस्थिती भन्दा सेड्रिनाको उपस्थिती दर्शक र संचारकर्मीका लागि मन छुने बनेको छ ।

स्वस्तिमाले फिल्मको संख्या बढाउन थालेकी छिन् । तर, नाई नभन्नु ल ५ मा जस्तै हलदेखि संचारमाध्यमका अघि हराइन् भने अरु फिल्ममा पनि यसरी नै छायाँमा पर्न के बेर ?