झुट बोले नेहा – अंगदले

सामाजिक सञ्जाल तथा भारतीय मिडियामा नेहा धुपिया बिहे अघि नै गर्भवती भएको कुरालाई लिएर यी दुइको विवाहको समयमा चर्चा भएको थियो । ‘उनी बिहेअघि नै गर्भवती थिइन् र यही कारण उनले गुपचुपमा बिहे गरेकी हुन्’ भन्ने कुरा अहिले आएर सत्य सावित भएको छ ।

छोरीको यस्तो कुराले मिडिया तातेपछि नेहाको बुवाले नेहा र अंगदले हतारमा बिहे गरेका हुन् । यही कारण मान्छेहरूले यस्तो आशंका गरिरहेका छन् । यो बेकारको हल्ला मात्र हो । वेदी परिवार र हामी मिलेरै बिहे तय गरेका हौँ । फेरि, दुवैका सामुन्ने धेरै कामहरू छन्, गर्नुपर्ने । त्यही कारण पनि बिहेको मिति चाँडै तय भएको हो । अरु सबै हल्ला मात्र हो, भनेका थिए ।

तर यो सबै कुरा झुट सावित भएको छ । नेहाले सामजिक संजाल इन्स्टाग्राममा फोटो पोष्ट गर्दै आफ्नो प्रीग्नेंसीको खबर बाहिर ल्याएकी छन् । उनले लेखेकी छन्, ‘यो नयाँ सुरुवात हो हामि तिनको लागी’ । ३७ बर्षीया बलिउड एक्ट्रेस नेहा धुपियाले २ बर्ष कान्छा एक्टर अंगद बेदीसंग केहि समय अघि विवाह गरेकी हुन् । यी दुईको विवाह गुपचुप जस्तै भयो । नेहाले सामाजिक संजाल मार्फत आफ्नो विवाहको जानकारी दिएकी थिइन् ।