‘छक्का पञ्जा ३’ सप्तमीको दिन ?

बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा ३’ असोज ३० गते सप्तमीको दिन रिलिज हुने सम्भावना बढेर गएको छ । काठमाडौं बानेश्वरमा रेडियो अडियोले आयोजना गरेको गाइजात्र विशेष कार्यक्रममा विशेष सहयोगीको रुपमा रहेको फिल्म छक्का पन्जा ३ बारे बोल्दै गर्दा कार्यक्रम संचालकले छक्का पन्जा ३ सप्तमीको दिन भनेर उद्घोष गरिदिए । छक्का पन्जा ३ युनिटको समेत सहभागिता रहेको उक्त कार्यक्रममा उद्घोषकले फिल्मको रिलिज मिति उद्घोष गरिरहदा फिल्म यहि मितिमा (असोज ३०) रिलिज हुने पक्का पक्कि भएको अनुमान लगाउन सकिन्छ । यस अघि ‘छक्क पन्जा ३ दशैँको दिन’ भन्दै आएका फिल्म निर्माण युनिटले भने फिल्मको रिलिज मिति औपचारिक रुपमा घोषणा गरेका छैनन्  ।

फिल्ममा दिपकराज गिरी, दीपिका प्रसाईं,  दिपाश्री निरौला,  प्रियंका कार्की,  जितु नेपाल,  केदार घिमिरे,  बर्षा राउत, बुद्धि तामांग, स्वस्तिमा खड्का,  सुमन गिरी भान्जा, संजोग कोइराला, शिवहरी पौडेल, प्रियंका कार्की लगायतको अभिनय रहेको छ । दीपाश्री निरौलाको निर्देशन रहेको फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन तथा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।