नायिका नीता ढुंगाना ‘रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’ को ब्रान्ड एम्बेस्डर

- मेराेफिल्म

नायिका नीता ढुंगाना ‘रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’को ब्रान्ड एम्बेस्डरमा एक बर्षका लागी अनुबन्धित भएकी छन् । काठमाण्डौको पेप्सीकोलामा मेन ब्रान्च रहेको रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरको खरिबोट मिनभवनको नयाँ आउटलेटको नायिका नीता ढुंगाना लगायतले उद्घाटन गरेका हुन् ।

व्युटी पार्लरसँग जोडिन पाउँदा निकै खुसी लागेको बताउँदै नीताले व्युटिसियन सुलोचना र उनको टिमले आफ्नो सुन्दरतामा अझ निखार ल्याउने विश्वास व्यक्त गरेकी छिन् । अर्को बर्षको भदौ ७ गतेसम्म आफुहरुले नीताको सौन्दर्य अन्तर्गत हेयर केयर, स्किन केयर, बडी केयर सहित सौन्दर्यसम्बन्धि सम्पूर्ण पक्षको केयर गर्ने रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष सुलोचना श्रेष्ठले बताईन् ।

२०७५ भदौ ११ गते ११:५१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *