एउटै पर्दामा पल, पुष्प, निराजन र दीपिका

गीतकार अम्बिका गुरुङको शब्दमा गीत ‘आदत–२’  सार्वजनिक भएको छ । गीतमा सुमन केसीको स्वर,  शंकर थापा स्माइलको संगीत तथा  उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

म्युजिक भिडियोलाई शान थापाले निर्देशन गरेका छन् । भिडियोमा अहिलेका चर्चित कलाकार पल शाह, पुष्प खड्का, निराजन प्रधान र दीपिका प्रसाईंले अभिनय गरेका छन् । भिडियोलाई अर्जुन तिवारी,  बुद्ध थापा तथा समुहले छायांकन गरेको हो । भिडियोमा विजय बस्यालको भिएफएक्स छ भने सुप्रिम पराजुलीले यसलाई सम्पादन गरेका छन् । उक्त गीतको भिडीयोका कोरियोग्राफर राजिव समर हुन् ।