बिज्ञापनमा सकृय नेपाली कलाकार

कुनै उत्पादित बस्तुको प्रचार प्रसार गर्नु नै बिज्ञापन हो । बिज्ञापनले उत्पादित बस्तुलाई जनमानसमा पुर्याउने काम गर्दछ । आकर्षक बिज्ञापनले छिटो दर्शकलाई खिच्ने हुँदा पछिल्लो समय बिज्ञापनहरु पनि कलात्मक ढङ्गले प्रस्तुत गर्न थालिएको छ । कम्पनीहरु कलाकारहरुलाई राम्रै बजेट दिएर आफ्नो उत्पादनको प्रचार प्रसारमा लगाउने गर्छन् । र उनीहरुको उत्पादनको प्रचार प्रसार पनि राम्रैसँग भईरहेको पाईन्छ । आज हामि बिज्ञापनमा सक्रिय कलाकारहरुको बारेमा चर्चा गर्दै छौँ :

मह जोडी (मदनकृष्ण श्रेष्ठ/हरिबंश आचार्य)

सदाबहार चर्चित हास्य कलाकार हुन मह जोडी । उनीहरुको लोकप्रियता यति धेरै छ कि उनीहरुलाई नचिन्ने सायदै हुलान् । उनीहरुले सानिमा बैंक, रिजाल्को वाटर ट्याङ्क, जस्मिन पेन्टस् जस्ता कमरसियल बिज्ञापनहरुमा देखिएका छन् ।

राजेश हमाल

महानायक राजेश हमाल फिल्मबाट सुस्ताए पनि बिज्ञापनहरुमा भने सक्रिय छन् । हालै उनको फेयर एन्ड लभ्लीको बिज्ञापन सार्वजनिक भएको छ । यसको अलवा उनले नेपाटप, मारुती सिमेन्ट, जगदम्बा स्टिल, डाबर च्यवनप्रास, रियल जुस जस्ता बिज्ञापनहरु गरिसकेका छन् ।

अनमोल केसी

युवापुस्ताका ढुकढुकी हुन नायक अनमोल केसी । उनले फिल्म होस्टेल मार्फत नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यू गरेका थिए । उनी आफ्नो चकलेटी लुक्सका कारण चर्चित छन् । हाल उनी आफ्नो नयाँ फिल्म क्याप्टेनमा व्यस्त छन् । फिल्म संगसंगै उनी प्रो स्टाईल हेयर ओइलको बिज्ञापनमा देखिएका थिए भने मोटर साईकल कम्पनी बेनेलीको बिज्ञापनमा पनि उनलाई देख्न सकिन्छ ।

प्रदिप खड्का

पछिल्लो समयका चर्चित र सबैको रोजाईमा पर्न सफल नायक हुन प्रदिप खड्का । उनी सुदर्शन थापा निर्देशित फिल्म प्रेम गीत मार्फत दर्शकमाझ जमेका थिए । उनले प्रेम गीत, प्रेम गीत २, लिली बिली जस्ता हिट फिल्महरु दिईसकेका छन् । हाल उनीे आफ्नो नयाँ फिल्म रोज को प्रचार प्रसारमा व्यस्त छन् । उनी अभिनित फिल्म रोज भाद्र २२ बाट अलनेपाल रिलिज हुँदैछ । उनी नोभेम्बर जिन्सका ब्राण्ड एम्बेसडर हुन् भने डिस होम, ब्राडफोर्ड एजुकेसनल कन्सल्टेन्सी, एलजी लगायतका  ब्राण्डको विज्ञापनमा पनि उनलाई देख्न सकिन्छ ।

 साम्राज्ञी राज्य लक्ष्मी शाह

पछिल्लो समयका चल्तिकी नायका हुन् साम्राज्ञी राज्य लक्ष्मी शाह । उनले फिल्म ड्रिम्स मार्फत नेपाली फिल्म उद्योगमा डेब्यू गरेकी थिईन् । उनी अभिनित ए मेरो हजुर २, तिमी सँग, कायरा लगायत फिल्महरु रिलिज भैसकेका छन् भने इन्टु मिन्टू लन्डनमा रिलिजको तरखरमा रहेको छ । उनी पनि प्रो स्टाईल हेयर ओइलको बिज्ञापनमा अनमोलको अपोजिटमा देखिएकी थिईन् भने उनी मेन्थोलाटुम नामक एक फेस वास, यमाहा लगायतको विज्ञापनमा पनि देखिएकी छिन् । त्यस्तै उनी हालै मात्र डिस होमको विज्ञापनमा पनि देखिएकी छिन् ।

प्रियंका कार्की

पछिल्लो समयका चल्तिकी नायिका हुन् प्रियंका कार्की । उनी जति फिल्ममा सक्रिय छिन् त्यतिनै बिज्ञापनहरुमा पनि । सम्भवत नेपाली कलाकारहरुमा सबैभन्दा बढी ब्राण्डसँग आबद्ध भएकी अभिनेत्री हुन् प्रियंका । उनले नेपाली मात्र नभई भारतीय बिज्ञापनमा समेत काम गरिसकेकी छिन् । उनले ईट क्यू नामक ईन्डियन चाउचाउको बिज्ञापनमा काम गरेकी थिईन । उनी कोकाकोला, रुस्लान, ब्रिटानिया, व्हील डिटरजेन्ट, बिकेएम मसला, सनसिल्क, लक्स, टिभीएस्, मेगा बैंक, मिलानो फूट वेर, स्मार्ट डोको, एनसेल, हिमालयन टाईमस् लगायतका ब्राण्डको बिज्ञापनमा उनी देखिएकी छिन् ।

केकी अधिकारी 

चर्चित अभिनेत्री केकी अधिकारीको व्यस्तता फिल्ममा मात्र नभई विभिन्न ब्राण्डका बिज्ञापनहरुमा पनि छ । उनी क्लोज अप, सन्सिल्क, प्राइम लाइफ इन्सुरेन्स, क्विक्स चिज बल्स्, क्विक्स वाफेर, नेचुरल फ्रुट जुस, बर्जर पेन्टस्, अप्लाईजब, लाली चाउचाउ, नेपाल ग्यास, एन आई सी एसिया बैंक, यूमिडिजी स्मार्ट फोन लगायतका ब्राण्डका बिज्ञापनमा देखिएकी छिन् ।

दिपक-दिपा (दिपक राज गिरी/दिपाश्री निरौला)

नेपाली टेलिसिरियल तितो सत्य मार्फत कलाकारितामा चर्चा बटुलेका कलाकार हुन दिपक राज गिरी र दिपाश्री निरौला । उनीहरु हाल फिल्म निर्माणमा व्यस्त छन् । उनहरुले ६ एकान ६, वडा नं ६, छक्का पन्जा, छक्का पन्जा २ जस्ता फिल्महरु निर्माण गरिसकेका छन् भने छक्का पन्जा ३ रिलिजको तरखरमा छ । उनीहरु आईएमई, चन्द्रगिरी हिल्स, हरपल चामल, सिताराम घिउ, सिखर सुज, राझन्स , प्लम्बर पाइपस्, लक्की ज्वेलरी, डिजीकम, पिसा आटा लगायतको बिज्ञापनमा देखिएका छन् ।

बर्षा राउत

फिल्म नाई न भन्नु ल ४ बाट डेब्यू गरेकी नायिका हुन् बर्षा राउत । उनले फिल्म छक्का पन्जा, छक्का पन्जा २, जात्रा जस्ता फिल्महरुमा अभिनय गरिसकेकी छिन् । पछिल्लो समय उनी सन्जोग कोईरलाका साथ डेट गरिरहेकी छिन् । हाल उनी फिल्म छक्का पन्जा ३ को प्रचार प्रसारमा व्यस्त छिन् । उनी बर्जर पेन्टस्, रियल जुस, ई-सेवा, आईसक्रिम लाइभ जस्ता ब्राण्डका बिज्ञापनहरुमा देखिएकी छिन् ।

धुर्मुस सुन्तली (सिताराम कट्टेल/कुन्जना घिमिरे)

धुर्मुस सुन्तली उपनामले चर्चित हास्यकलाकार हुन् सिताराम कट्टेल र कुन्जना घिमिरे । उनहरुलाई टिलिसिरियल मेरी बास्सैले चौतर्फी चर्चा दिलाएको थियो । पछिल्लो समय उनीहरु सामाजिक कार्यमा व्यस्त छन् । धुर्मुस सुन्तली फाउन्डेसनको स्थापना गर्दै उनीहरुले चारवटा एकिकृत बस्ती निर्माण गरिसकेका छन् । उनीहरु मुक्तिनाथ बिकाश बैंक, सन नेपाल लाईफ इन्सुरेन्स, जग शक्ति स्टिल्स्, मग मग चाउचाउ, हुलास जस्ता, सिटी एक्सप्रेस मनी ट्रन्सफर जस्ता ब्राण्डका विज्ञापनहरुमा सँगै देखिएका छन् ।

अनुप बिक्रम शाही

सुन्दर रुप, मिलेको ज्यान, लामो कद अनुप बिक्रम शाहीको विशेषता हो । उनी ह्यान्डसम हङ्कको उपनामले परिचित छन् । फिल्म मेरो माया तिमीलाई मार्फत नेपाली फिल्म उद्योगमा डेब्यू गरेका उनी पछिल्लो समय निकै चर्चित छन् । उनका फिल्महरु धमाधम रिलिज भैरेका छन् । उनलाई हामी डिस होम, होन्डा, क्यापसुल 9, स्यामसुङ्ग मोबाईल, जिबी ब्रुम्मेल, पिङ्काथोन काठमाडौँ लगायतको बिज्ञापनमा देख्न सक्छौ ।

बिपिन कार्की

पछिल्लो समय चर्चाको शिखर चड्दै गरेका कलाकार हुन् बिपिन कार्की । उनी फिल्म पशुपती प्रशादबाट दर्शकको मन मस्तिस्कमा बस्न सफल भएका छन् । फिल्ममा उनले भस्मे डनको भुमिका निभाएका थिए । उनले नाका, हरी, जात्रा, जस्ता फिल्महरुमा आफ्नो दमदार अभिनय प्रदर्शन गरिसकेका छन् । उनी ई सेवा, बर्जर पेन्टस् जस्ता बिज्ञापनहरुमा देखिएका छन् ।

निस्चल बस्नेत

नेपालका बहुप्रतिभाशाली निर्देशक हुन् निस्चल बस्नेत । उनी निर्देशक मात्र नभई गायक तथा नायक पनि हुन् । उनले फिल्म लुट निर्देशन गरेका थिए । उनले कबड्डी, दुई रुपैँया जस्ता फिल्महरुमा अभिनय गरेका छन् । उनी स्वरबद्ध गीत काले दाईले अत्याधिक मात्रामा दर्शकको मन जित्न सफल भएको थियो । उनी पनि ई सेवाको बिज्ञापनमा देखिएका छन् ।

जितु नेपाल

मुन्द्रे उपनामले परिचित हास्य कलाकार हुन् जितु नेपाल । उनले आफ्नो कलाकारिता टेलिसिरियल जिरे खुर्सानी मार्फत सुरुवात गरेका हुन् । पछिल्लो समय उनी टेलिसिरियल भन्दा पनि फिल्ममा व्यस्त छन् । हाल फिल्म रामकाहानीको प्रचार प्रसारमा व्यस्त उनले सानिमा इन्सुरेन्स, राजहंस ओइल, रोयल सुज, गँडपति ज्वेलर्स बिज्ञापनमा अभिनय गरेका छन् ।

सुनिल थापा

नेपाली फिल्म नगरीमा खलपात्रको रुपमा परिचित कलाकार हुन सुनिल थापा । उनको नेपाली फिल्म वृतमा ठूलो योगदान रहेको छ । उनलाई दर्शकले नायकभन्दा पनि खलनायकको रुपमा रुचाएका छन् । उनले नेपाली फिल्ममात्र होईन बलिउड फिल्ममा समेत अभिनय गरिसकेका छन् । बलिउड फिल्म मेरी कोम मा उनलाई प्रियंका चोपडाका बक्सर प्रशिक्षकको रुपमा देख्न सकिन्छ । उनी अर्घाखाँची सिमेन्ट, एक वाटर ट्याङ्कको विज्ञापनहरुमा देखिएका छन् ।

केदार घिमिरे

माग्ने बुढा उपनामले परिचित हास्य कलाकार हुन् केदार घिमिरे । उनले मेरी बास्सै नामक टेलिसिरियल मार्फत आफ्नो कलाकारिताको सुरुवात गरेका थिए । हाल उनी टेलिसिरियललाई चटक्कै छाडेर फिल्म अभिनयमा व्यस्त छन् । उनी पनि फिल्म रामकाहानीको प्रमोसनमा व्यस्त छन् । उनले बोनस चाउचाउको बिज्ञापनमा काम गरेका छन् ।

यी केही प्रतिनिधी कलाकार लगायत अन्य धेरै कलाकारहरु बिभिन्न ब्राण्डका बिज्ञापनमाहरुमा देखिएका छन् ।