कपुर परिवारको आरके स्टुडियो बिक्रीमा

कपूर परिवारले मशहूर आरके स्टूडियो बच्ने फैसला गरेका छन् । ७० बर्ष पुरानो यस ऐतिहासिक स्टूडियोमा आगलागिका कारण ठूलो क्षती भएको थियो । शौमैन राजकुमारले सन् १९४८ मा उपनगरीय क्षेत्र चेंबूरमा यसको स्थापना गरेका थिए । राज कपूरका धेरैजसो फिल्म यस स्टूडियोबाट निर्माण गरिएको थियो । पछिल्लो बर्षको १७  सेप्टेम्बरमा स्टूडियोमा सुपर डांसरको सेटमा आगलागी भएको थियो जसबाट उक्त स्टूडियोका केहि भागमा क्षति ग्रस्त भएको थियो ।

ऋषि कपूरले उक्त स्टूडियो नयाँ टेक्नोलोजीका साथ पुन तयारी गर्ने इच्छा व्यक्त गरेका थिए । तर उनका दाई रणधीर कपूरले यो व्यवाहारिक नभएको बताए । रणधीर कपूरले भने “हो हामीले आरके स्टूडियो बेच्नेको फैसला गरेका छौ”   । आरके ब्यानरबाट निर्माण भएको फिल्महरु आग,  बरसात, आवारा,  श्री ४२०,  जिस देश में गंगा बहती है,  मेरा नाम जोकर,  बाँबी, सत्यम शिव सुंदरम,  राम तेरी गंगा मैली आदि रहेका छन् ।