रन्जित गजमेरको ‘कृति’ सार्वजनिक

रन्जित गजमेरको सङ्गीत, कुशुम गजमेरको शब्द रचना तथा नव गायिका आशा स्वरुपाको स्वर रहेको एल्बम ‘कृति’ सार्वजनिक भएको छ । साथै चर्चित व्याण्ड कन्दराका गायक विवेक श्रेष्ठको स्वरमा रहेका गीतहरु पनि यस एल्वममा समावेश छन् ।

नहुने केहि छैन, सिमसिमे पानीमा, तिमी विना लगायतका गीतहरु यस एल्बममा समोवश छन् । चालिसका दशकमा नेपाली फिल्ममा एकछत्त राज गर्ने रन्जित गजमेर लामो समयपछि फेरि नेपाली सांगीतिक आकस्म फर्केर आएका हुन् । गजमेरले यस एल्बम मार्फत नेपाली गीत काव्य आकाशका ध्रुवतारा अगमसिंह गिरीलाई पनि एउटा गीतमा आवद्ध गराइएको पाइन्छ ।