चार दिनमा ‘नाई न भन्नु ल ५’ले कति कमायो ?

गत शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘नाई न भन्नु ल ५’ ले प्रदर्शनको चौथो दिन सम्म आइपुग्दा २ करोड ६९ लाख भन्दा बढी कलेक्सन गर्न सफल भएको छ । ७५ सालको सुरुवात देखि हालसम्म प्रदर्शनमा आएका फिल्महरुको तुलनामा नाई न भन्नु ल ५ को कलेक्सन उच्च रहेको छ ।

ओपनिङ डेमा कुल ४६ लाख कलेक्सन गरेको फिल्मले दोश्रो दिन १ करोड २ लाख, तेश्रो दिन ७४ लाख र चौथो दिन सोमबार उपत्यका भित्र २८ लाख र मोफसल तर्फ २१ लाख कलेक्सन गर्दै कूल ४९ लाख ग्रस कलेक्सन गर्न सफल भयो । बिकास राज आचार्य निर्देशित यस फिल्ममा स्वस्तिमा खड्का, अभिषेक नेपाल, प्रियंका कार्की, केकी अधिकारी, दिलिप रायमाझी, अनुभव रेग्मी, सेड्रिना शर्मा लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।