दीयासँग प्रशान्तको ठुम्का

खलनायकको भूमिकामा चर्चा कमाएका अभिनेता प्रशान्त ताम्राकार फिल्म ‘कस्मिक लभ’को सार्वजनिक पहिलो गीतमा भने नायिका दीया मास्केसँग रोमान्टिक भुमिकामा देखिएका छन् । सार्वजनिक ‘कोया कटर’ बोलको गीतमा ताम्राकारले दीयासँगै कम्मर मर्काउँदै गरेको देख्न सकिन्छ । भिडियोमा फिल्मका अन्य कलाकार राजाराम पौडेल, रिजन थापा, पूजन थापा लगायत समेत फिचर्ड छन् ।

दिनेश सुबेदीको शब्दमा बाबुल गिरिको संगीत रहेको यस गीतमा रामचन्द्र काफ्ले र लक्ष्मी स्याङ्गताङ्गले स्वर दिएका छन् भने भिडियोको कोरियोग्राफी रभं शाहले गरेका छन् । बि एस बलामी र एस अधिकारीको संयुक्त निर्देशन रहेको फिल्ममा शेखर ज्ञावालीको कथा, गौतमराज खड्काको सम्पादन, राहुल राईको छायांकन रहेको छ ।

कस्मिक लभलाई सुरज प्रधानले निर्माण गरेका हुन् । फिल्ममा प्रसान्त ताम्राकार, रविन तामांग, अर्पण थापा, दिया मास्के लगायतको अभिनय रहेको छ भने फिल्मबाट कलाकार रिजन थापा र पूजन थापाले डेब्यु गरेका छन् ।