‘गुत्थी’ को जन्मदिनमा सलमान र शाहरुख

गुत्थी तथा रिंकू उपनामले परिचित कमेडियन सुनील ग्रोवर ४१ बर्ष पुगेका छन् । उनले बर्थडे सलमान खान र शाहरुख खानसँग मिलेर एकसाथ धुमधामसँग मनाएका छन् । सेलिब्रेशनका केहि फोटो र भिडीयो कपिल शर्माकी एक्स गर्लफ्रेन्ड तथा सुनिलका क्लोज फ्रेन्ड प्रिती सिमोसले सोशल मिडीया मार्फत  शेयर गरेकी छन् ।

उक्त भिडीयोमा सुनिल निकै एक्साईटेड देखिन्थे । उनी केक काटेर सलमान र शाहरुखलाई खुवाईरहेका थिए भने ब्याकग्राउंडमा प्रिती बर्थडे गीत गाईरहेको देख्न सकिन्छ । खबर अनुसार शाहरुख र रानी मुखर्जीले हालै मात्र सलमानका साथ दस का दम को आगमी एपिसोड शूट गरेका छन् । उक्त एपिसोडमा सुनीललाई पनि देख्न सक्नेछौ ।