फिल्म ‘गीत गजल’मा सारा

फिल्म ‘रुद्र’ बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी नायिका हुन् सारा सिर्पाली । पहिलो फिल्मबाट नै अभिनय र सुन्दरताको तारिफ कमाएकी उनले दोश्रो फिल्मका रुपमा ‘पिन्जडा ब्याक अगेन’ मा काम गरेकी थिइन् । उनले यि दुवै फिल्ममा एक्सन स्टार निखिल उप्रेतीसँग काम गरेकी थिइन् । उनको अभिनयको तारिफ भए पनि फिल्मले ब्यापारिक सफलता भने प्राप्त गर्न सकेन ।

पछिल्लो समय साराले अभिनय गरेको फिल्म ‘सुश्री सम्पत्ति’ मङ्सिर २८ गते प्रदर्शनमा आउँदै छ । उनको फिल्मी करियरमा यस फिल्मको ब्यापारिक हिसाब किताबले पक्कै महत्व राख्ने छ । सुश्री सम्पत्ति प्रदर्शनको तरखरमा रहँदा सारा भने आफ्नो चौथो फिल्म ‘गीत गजल’को तयारीमा लागेकी छिन् । हाल वर्कसप भइरहेको उक्त फिल्म छिट्टै फ्लोरमा जाने बताइएको छ । फिल्ममा सारा कस्तो भूमिकामा देखिँदैछिन भन्ने खुलेको छैन । गीत गजललाई नितिन चन्दले निर्देशन गर्दैछन् ।