दुखी हुँदा सम्झिन जीवनलाई केकीको आग्रह

दीपशिखाको स्वर रहेको गीत ‘खुशी हुँदा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । विशाल भण्डारीको निर्देशन रहेको म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी तथा मोडल जीवन भट्टराईको अभिनय रहेको छ । हरि लम्सालद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु विद्या अनामिका तिवारीले रचना गरेकी हुन् । गीतमा सचिन सिंहको संगीत संयोजन रहेको छ । अर्जुन अधिकारी तथा उनको समुहले छायांकन गरेको म्युजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।