आमिरको ‘महाभारत’ मा प्रभास

पछिल्लो समय मिस्टर परफेक्सनिस्ट आमिर खानको ड्रिम प्रोजेक्ट ‘महाभारत’ ले बलिउड तताईरहेको छ । एउटै फिल्ममा महाभारतलाई समेट्न निकै कठिन भएकाले आमिरलर उक्त फिल्मको तीन सिक्वेल निर्माण गर्ने सोच बनाएका छन् । एक भारतिय मिडीयाका अनुसार पछिल्लो समय आमिरले महत्वपूर्ण फैसला लिएको जनाएका छन् ।

आमिर खानले उक्त फिल्मका लागि प्रभासलाई सम्पर्क गरेका छन् । सुपरहिट तलेगु फिल्म बाहुबलीबाट प्रभासको अभिनयलाई देखेर आमिर निकै प्रभावित भएका थिए । उनी प्रभासलाई जसरी पनि महाभारत मा जोड्न चाहान्छन् । आमिरले प्रभासको भुमिकाको बारेमा भने अहिलेसम्म जानकारी दिएका छैनन् । तर एक भारतिय भिडीया अनुसार प्रभासले अर्जुनको भूमिका निभाउँन सक्ने बताएका छन् ।