आर्यनलाई कायराः हर्ष न विस्मात

अरुको ब्यानरका फिल्ममा पारिश्रमिक चर्को लिएर अभिनेता आर्यन सिग्देलले दिनरात नभनी काम गरे र पैसा कमाए । तर, अरुले पनि लिन छाडेपछि आर्यनको बल्ल चेत खुल्यो र आफैमात्र फिल्म बनाउने, अरुको ब्यानरमा काम नगर्ने घोषणा नै गरिदिए ।

आर्यनले यसो भन्दै गर्दा अब उनले तहल्का नै मच्चाउँछन् कि भन्ने सोच पलायो पनि । फिलिपिन्स पुगेर अभिनेत्री साम्राज्ञीलाई १० लाख दिएर आर्यनले कायरा फिल्म बनाए ।

आफ्नो तौल घटाउन नसकेपनि साम्राज्ञीसँग काम गरे । उमेर ग्याप त थियो नै तर जोडी सुहाउँछ भन्ने उनलाई पनि लाग्यो । तर, साम्राज्ञीलाई १० लाख दिएपनि, फिलिपिन्समा खिचेपनि आर्यनले कायराबाट दर्शकलाई रिझाउन भने सकेनन् । आर्यनको कायरा सुपरहिट पनि भएन, डब्बा पनि भएन ।

आर्यनको मिहेनतले ठूलो सफलता पाएन । आर्यन अरुको ब्यानरबाट टाढा हुन खोज्दैछन् । बरु, आफैले राम्रो फिल्म बनाउने उनको सोच छ । तर, कायरा हेरेर समिक्षक र दर्शक दुबै विच्किए ।

आर्यनका लागि कायराको व्यापार अहिले हर्ष न विस्मात भएको छ । न हाँस्न नै सक्ने अवस्था छ, न खत्तम नै भयो भनेर रुने अवस्था छ ।