नचल्दा सम्म को हो को हो, चलेपछि माया मोह

अभिनेता प्रशान्त ताम्राकार नचल्दा उनलाई कसले मत्तलव गरेको थियो र । मुखौटा फिल्मले पानी नभन्दा प्रशान्तलाई फिल्ममा लिन कसैले मन गरेको थियो र ? तर, जब प्रशान्त ऐश्वर्य फिल्म चलेपछि खतरनाक भिलेनको रुपमा उदाए । यसपछि त के चाहियो र ? प्रशान्त चलेका हुन् कि फिल्म भनेर कसैले वुझेनन् । भकाभक मागेजति पारिश्रमिक दिदै फिल्ममा लिइरहेका छन् ।
जय शम्भु भन्ने फिल्मको भिलेन भएपनि प्रशान्त नचलेको त सबैले वुझेका होलान् । तर, प्रशान्तलाई लिन निर्माताले सोच्ने गरेका छैनन् । अब त हुँदाहुँदै प्रशान्त ताम्राकारलाई हिरोइनसँग नचाउन पनि निर्माताले भ्याए छन् । प्रशान्त पनि हिरोइनसँग सकीनसकी हात हल्लाएर नाचेको कस्मिक लभको गीत हेर्दा थाहा हुन्छ ।
आफू के मा चलेको हो र दर्शकले कस्तो गेटअपमा मन पराउँछन् भन्ने नवुझेर प्रशान्त अब हिरोइनसँग नाच्न थालेका छन् । नचलेसम्म प्रशान्त ताम्राकार को हो को हो थिए । अब चलेपछि त माया मोह पो हुन थालेछन् । प्रशान्तले गीतमा पनि नाच्ने, भिलेन र हिरो जे आएपनि खेल्ने हो भने त मुखौटाको इतिहास दोहिरन समय लाग्छ होला र ?

आइटम गीतमा जम्दै वर्षा सिवाकोटी

रेखालाई बेनिशाको करिअरको चिन्ता

पल र करिश्मालाई कती हतार ?

जताततै स्वस्तिमा

निश्चलसँग फिल्म गरेपछि स्वस्तिमाको प्रशंसा नै प्रशंसा
_1K2RpWMqh9_xab27tnubq43azrglygwvoolehh3h6uzc4cwyqj1hafkgroeljph7miww65a_mMerQCaPpX_pvpumaixev1rmejvcikqdh3mwbf9wc8fyusl4elg0qjvvgviiyahuyyem1lf.jpg)
वर्षाको प्रचारः फिल्मको कुरा एकातिर, डिभोर्सको चर्चा चारैतिर

विरामी अनमोल: ठमठम हिँड्दै प्रहरी, सरकारी वकिल कार्यालय र अदालत पुगे !

प्रतिक्रिया