‘बत्ती गुल मिटर चालू ‘ को तेस्रो गीत हार्ड हार्ड सार्वजनिक

बहुप्रतिक्षित फिल्म ‘बत्ती गुल मिटर चालू’ को तेस्रो गीत हार्ड हार्ड सार्वजनिक भएको छ । पंजाबी धुनमा रहेको गीतमा शाहिद कपूर र श्रदा कपूरको जबरदस्त डान्स देख्न सकिन्छ । मिका सिंह, सचेत टान्डन तथा प्रक्रिती काकर स्वरबद्ध गीतमा शिद्धार्थ गरिमाको शब्द रचना रहेको छ । गीतमा सचेत र परम्पराको संगीत रहेको छ भने गनेश आचार्यको कोरियोग्राफी रहेको छ ।

नारायण सिंह निर्दशित फिल्ममा शाहिद कपूर, श्रद्धा कपूर, दिभ्येन्दु शर्मा, यमी गौतम लगायतका कलाकारहरुको मुख्य अभिनय देख्न सकिन्छ । उक्त फिल्म २१ सेप्टेम्बरबाट  रिलिज हुने भएको छ ।