‘कसौटी जिन्दगीकी’ प्रोमोमा शाहरुखलाई ८ करोड

बलिउडका चर्चित प्रोड्यूसर एकता कपूर पछिल्लो समय सिरियल ‘कसौटी जिन्दगीकी’ को दोस्रो सिजन लिएर दर्शकमाझ आउँने तयारी गरिरहेकी छिन् । हाल उनी उक्त सिरीयलको प्रचारप्रसारमा व्यस्त छिन् । उनले सिरियलको प्रोमोमा बलिउडका बादशाह शाहरुख खानलाई लिने योजना बनाईन् ।

सिरियलको न्यारेसन पनि शाहरुखबाटनै गराउन चाहिन् । र शाहरुखलाई प्रस्ताब राखिन् । शाहरुखले पनि प्रस्ताबलाई स्वीकारे । तर, जब पैसाको कुरा आयो शाहरुखले ८ करोड रुपैयाँ मागे । कसौटी जिन्दगीकी धेरै वर्ष अगाडिको चर्चित फ्यामिली सिरियल थियो । उक्त सिरियलमा एक महिलाले दुई पुरुषसँग गर्ने प्रेम देख्न सकिन्थ्यो ।