तीज आयो लै लै…

गायिका तथा समाजसेवी श्री नेहा पोखरेलको तीज गीत ‘तीज आयो लै लै’ सार्वजनिक भएको छ । नेहा पोखरेलको शब्द रहेको उक्त गीतमा भुमिका पौडेलको स्वर रहेको छ । किरण चापागाईंको सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन विलन थापा मगरको रहेको छ ।

सार्वजनिक गीतबाट संकलित सम्पूर्ण रकम नेपाल स्नेही काखको सहयोगार्थ प्रदान गरिने श्रीनेहा पोखरेलले बताइन् । सार्वजनिक गीतको भिडियोलाई केशवप्रसाद रिजालले निर्देशन गरेका हुन् । भिडियोमा श्री नेहा पोखरेल, अमृता खनाल, इष्टु कार्की, रमिला पोखरेल लगायत फिचर्ड छन् । विरेन्द्र भाट ‘विपिन’को छायाँकन/सम्पादन रहेको भिडियोमा आर आर सिमखडाको कोरियोग्राफी रहेको छ ।

नेपाल स्नेही काखले मानसिक सन्तुलन राम्रो नभएका सडकमा भेटिएका व्यक्तिहरुलाई स्याहार सुसार तथा संरक्षण गर्दै आएको छ । ८ बर्षदेखी सञ्चालनमा आएको नेपाल स्नेही काखमा अहिले २१ जना महिला र ७ जना बालबालिका आश्रित छन् । जसको स्याहार सुसार र औषधी उपचार संस्थाले गर्दै आएको छ ।