क्युएफएक्सले ‘नाई नभन्नु ल ३’ फेरी किन चलायो ?

www.qfxcinemas.com खोलेर हेर्ने हो भने Now Showing मा बिहिवार प्रदर्शन हुने ८ फिल्मका पोष्टरहरु राखिएका छन् । गत शुक्रवारबाट प्रदर्शनमा आएको ‘नाई नभन्नु ल ५’ सँगै २०७२ सालमा प्रदर्शनमा आएको फिल्म ‘नाई नभन्नु ल ३’ आज प्रदर्शन हुने फिल्मको लिस्टमा छन् ।

क्यु एफ एक्सले आफ्नो आधिकारिक वेब साइटमा राखेको उक्त लिस्टमा देखिएको नाई नभन्नु ल ३ गल्ति हो या साच्चैँ प्रदर्शनमा औउँदै छ ? प्रदर्शन हुन लागेको हो भने आखिर किन ? बिहिवार दिउँसो २:२५को शोमा दर्शकले नाई नभन्नु ल ३ हेर्न पाउने छन् क्यु एफ एक्सको वेब साइट त्यहि भन्छ । त्यसका लागि धेरै दर्शकले टिकट समेत बुक गरिसकेका छन् । यसका बारेमा निर्देशक बिकास राज आचार्य समेत अनविज्ञ छन् । उनलाई समेत थाहा छैन की उनले निर्देशन गरेको फिल्म हलमा आज प्रदर्शन हुँदैछ भनेर । दर्शकले नाई नभन्नु ल ३ हेर्ने भनेर टिकट काटेका छन् अब उनीहरुले २:४५मा उक्त फिल्म हेर्न पाउलान् की नाई ?