‘रामकहानी’ चल्नु पर्ने ५ कारण

प्रतिक्षित फिल्म ‘रामकहानी’ भदौ २२ गतेबाट प्रदर्शनमा आउँदै छ । पुजा शर्मा र आकास श्रेष्ठको मुख्य भुमिका रहेको फिल्ममा रहेका राजाराम पौडेल, केदार घिमिरे (माग्ने बुढा), जीतु नेपाल, विल्सन बिक्रम राई, रबिन्द्र झा लगायतका हाँस्य कालाकारहरुको कारण पनि प्रतिक्षित बनेको छ । सुदर्शन थापा निर्देशित यो फिल्म चल्नु पर्ने धेरै कारणहरु छन् । ती मध्य ५ मुख्य कारण यी हुन सक्छन :

माग्ने बुढा र हाँस्य कलाकारको जोडी :
यस फिल्मका लागी हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा)ले १० लाख पारिश्रमिक लिएका थिए । यो खबरले नेपाली फिल्म क्षेत्र राम्रै तताएको थियो । माग्ने बुढासँगै फिल्ममा जितु नेपाल, राजाराम पौडेल, विल्सन बिक्रम राई लगायतको समेत अभिनय रहेको छ । पछिल्लो समय अधिकांस हाँस्य विधा र हाँस्य कलाकारको बाहुल्यता रहेका फिल्महरु चलिरहेका छन् र व्यापारिक हिसाबमा पनि सफल साबित भएका छन् । रामकहानीमा भएका जम्बो हाँस्य कलाकारहरुको कारण पनि यो फिल्म चल्नु पर्छ ।

सुदर्शन थापाको कन्फिडेन्स / अघिल्ला फिल्मको बिरासत
सुदर्शन थापा आफ्नो हरेक प्रोजेक्टमा कन्फिडेन्स देखिन्छन् । यसमा पनि उनको कन्फिडेन्स लेभल निकै हाई छ । फिल्मको कथाबस्तु देखि मेकिङ सम्म उनी संतुष्ट देखिएका छन् । उनले फिल्मलाई स्तरीय बनाउन कुनै कसर बाँकी राखेका छैनन् । फिल्ममा प्रस्तुत कलाकार, फिल्मले पाएको हाइप, पुजा र आकाशको केमेस्ट्री सबै कुराले सुदर्शनलाई कन्फिडेन्ट बनाएको छ ।

फिल्मको प्रचार प्रसारको तिब्रता र दर्शकबाट हाल आइरहेको प्रतिक्रियाले पनि सुदर्शनमा कन्फिडेन्स बढाएको छ । यति मात्र होइन उनका अघिल्ला फिल्मको बिरासतलाई कायम राख्नु पनि छ । उनले निर्देशन गरेका सबै जसो फिल्महरु चलेका छन् । यस अघि उनले निर्देशन गरेको फिल्म प्रेम गीत, म एस्तो गीत गाउँछुको सफलताले उनलाई भिराएको सफल निर्देशकको ट्याग बचाइराख्न पनि रामकहानी चल्नै पर्छ ।

पूजा शर्माको चर्चा र आकाश सँगको केमेस्ट्री
पछिल्लो समय नेपाली फिल्मी मिडियामा नायक पुजा शर्मा र नायक आकाश श्रेष्ठको केमेस्ट्रीको चर्चा निकै छ । उनीहरुका अभिव्यक्तिहरु समाचारका शिर्षक बन्ने गरेका छन् । उनीहरुको चर्चासँगै फिल्मको चर्चा जोडिएको छ । पुजा र आकाश फिल्म प्रोमोसनका लागी एक साथ लागी परेका छन् । उनीहरुको व्यस्तता र दर्शकमा देखिएको क्रेजलाई हेर्ने हो भने पनि फिल्म चल्नै पर्छ ।

गीत संगीत
रामकहानी निर्माण यूनिटले फिल्मको पहिलो गीत ‘तिम्रो लागि म छु’ सार्वजनिक गर्यो । दोश्रो गीत ‘आएँ म तिम्रो छेउ’ को लिरिकल भिडियो पनि सार्वजनिक भइसकेको छ । ‘तिम्रो लागि म छु’ यूट्युबमा हालसम्म ६२ लाख भन्दा बढीले हेरिसकेका छन् । पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द/संगीत रहेको उक्त गीतको मेकिङ पनि उत्कृष्ट रहेको छ । अहिले फिल्म चल्नका लागी गीत संगीत प्रमुख कारक तत्व बनिरहेको अवस्था छ । चर्चित संगीतकारको उपस्थिति र उत्कृष्ट गीत संगीतका कारण पनि यो फिल्म चल्नु पर्छ ।

राम्रो मेकर बच्चाई राख्न
सुदर्शन थापा नेपाली फिल्म वृत्तमा राम्रा मेकरका रुपमा परिचित छन् । लगातार फिल्म निर्माण तथा निर्देशन गरिरहेका उनको फिल्म क्षेत्र प्रति महत्वपुर्ण योगदान रहेको छ । उनले लभ स्टोरी जनाराको फिल्महरुलाई छुट्टै परिचय दिलाउन सफल भएका छन् । उनले बनाएका फिल्महरु सफल पनि साबित हुँदै आएका छन् । नेपाली फिल्म क्षेत्रको पछिल्लो अवस्था हेर्ने हो भने फिल्मको असफलता सँगै यस क्षेत्रलाई बिट मार्ने हरुको लर्को लामै छ । हुन त सुदर्शन हतोत्साहित हुने व्यक्तिमा नपर्लान । तर, एक राम्रा मेकरका रुपमा रहेका उनलाई फिल्म क्षेत्रमा नै सकृय रहेको हेर्नका लागी पनि रामकहानी चल्नै पर्छ ।