अनमोलको चकलेटी अनुहारमै लठ्ठ प्रियंका

अभिनेता अनमोल केसीको चकलेटी अनुहारको फ्यान त हजारौ यूवती छिन् । यूवतीहरु अनमोलको चकलेटी अनुहार र उनको बोलीचालीबाट प्रभावित छन् । तर, अनमोलको क्यूट अनुहारको फ्यान उनकी हिरोइन पनि रहिछन् । फिल्म क्याप्टेनको छायांकन २ महिनामा सकिएको छ । अनमोलसँग यो फिल्ममा प्रियंका एमभीले काम गरेकी छिन् जो क्याप्टेनबाट डेब्यू पनि गर्दैछिन् ।

उनै एमभीलाई अनमोलको क्यूट अनुहारले लठ्ठै बनाएछ । उनले अनमोलसँगको सेल्फी पोष्ट गर्दै, के उनी क्यूट छैनन् त भनेर लेखेकी छिन् । अनमोल र प्रियंकाको जोडी क्याप्टेनमा कस्तो देखिनेछ भन्ने त दर्शकलाई अहिले थाहा छैन । अनमोलले सधै नयाँ हिरोइनलाई जन्माउने गरेका पनि छन् । प्रियंका पनि अनमोलको क्यूट अनुहारको प्रशंसा गर्दै उनीसँग नजिक हुन चाहेकी छिन् ।

अनमोलको क्यूट अनुहारले मात्र लठ्ठ बनाएको हो नी प्रियंकालाई ?