बिर्तामोड हुँदै नेपालगंजसम्म ‘इन्टु मिन्टु लण्डनमा’ टुर

- मेराेफिल्म

रेनशा वान्तवा राईको निर्देशन तथा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र नव नायक धिरज मगर अभिनित फिल्म फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ले भदौ १६ गते देखि मोफसल यात्रा सुरु गर्ने भएको छ । भदौ १६मा बिर्तामोडबाट सुरु हुने मोफसल यात्रा १७ गते दमक, २२ गते इटहरी र बिराटनगर, २३ गते धरान, २६ गते पोखरा, २७ गते चितवन, २८ गते बुटवल र २९ गते नेपालगंजमा गएर टुङ्गिने छ । मोफसल यात्रामा फिल्मका मुख्य कलाकार साम्राज्ञी राज्य लक्ष्मी शाह र धिरज मगर लगायतको सहभागिता रहनेछ ।

प्रभु शम्शेर जबरा र प्रज्ज्वल शमशेर जबराको निर्माण रहेको ‘इन्टु मिन्टु लण्डनमा’लाई रेनशा वान्तवा राईले निर्देशन गरेकी हुन भने सुश्मिता जिरेल, सुलेखा राई र बसन्त तामाङ सह-निर्माता रहेका छन् । फिल्ममा सम्राज्ञी र धिरजसँगै शारुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठ, दिल भुसण पाठक, रुबी राणा शाह, बिबेक लिम्बु, सुनिता ठाकुर श्रेष्ठ, सुनिशा बजगाई, मेलिशा गुरुङ, जेमिमा टोम्स, एन्ड्रेउ मुलान लगायतको अभिनय रहेको छ ।

फिल्ममा शैलेन्द्र धोज कार्कीको छायाङ्कन, रेनशा वान्तवा राई र प्रज्ज्वल शमशेर जबराको कथा, बिक्रम लामा र एन्जिला खत्रीको कोरियोग्राफी, सुजिल कर्माचार्य, हर्कुलस बस्नेत, बसन्त सापकोटा, स्वप्न सुमनको संगीत र राजेश पायल राई, सुजिल कर्माचार्य, हर्कुलस बस्नेत, निकिता थापा, स्वप्न सुमन, मेलिना राई, केतन क्षेत्री लगायतले गीतमा स्वर भरेका छन् ।

फिल्म असोज ५ गते देखी प्रदर्शनमा आउँदै छ ।

२०७५ भदौ १४ गते २०:५० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *