‘तिमी र म’मा कबिर र सूर्या

- मेराेफिल्म

‘लम्फू’बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेका नायक कबिर खड्का सरद पोखरेल र अष्ट्रेलियन निर्देशक मेट विल्लिम्सले संयूक्त रुपमा निर्देशन गर्न लागेको फिल्म ‘तिमी र म’मा अनुबन्धित भएका छन् । फिल्मको बुधवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक घोषणा गरिएको हो ।

पौष मध्य तिरबाट सुरु हुने फिल्मको छायांकन नेपालसँगै अस्ट्रेलियामा गरिनेछ । फिल्ममा कबिरसँगै अभिनेत्री सूर्या थापा मुख्य भूमिकामा रहनेछिन् । फिल्मका लागी अझै एक नायक र एक नायिका छनौट हुन बाँकी रहेको निर्माण पक्षले बताएको छ । १ करोड ५० लाखको लागतमा बन्ने फिल्म लभस्टोरी जनराको हुनेछ । कमला पोखरेल, चन्द्र बहादुर खड्का र भुषन पोखरेलको संयुक्त निर्माण रहने फिल्म एनएसएम क्रियशनको ब्यानरमा निर्माण हुन लागेको हो ।

२०७५ भदौ १५ गते ११:२१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *