फ्राइडे रिलिजमा ‘मेरी मामु’

सन्तोष सेन निर्मित फिल्म ‘मेरी मामु’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । यम थापाको निर्देशन रहेको फिल्म फिल्ममा बाल नायक आयुव सेन मुख्य भुमिकामा रहेका छन् । आयुवसँगै फिल्ममा सारुक ताम्राकार, अश्लेशा ठकुरी, कुसुम गुरुङको पनि मुख्य भूमिका रहेको छ । आमा छोराको सम्बन्धको कथा बोकेको फिल्ममा कुसुम र आयुव आमा छोराको भूमिकामा प्रस्तुत छन् । फिल्ममा कल्याण सिंहको संगीत, पुरुषोत्तम प्रधान र मानकृष्ण महर्जनको छायाङ्कन रहेको छ भने सम्पादन बनिश शाह र भुपेन्द्र अधिकारीले गरेका हुन् ।