‘बाँध मायाले’को ट्रेलर सार्वजनिक

आर्यन अधिकारी र सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘बाँध मायाले’को ट्रेलर सार्वजनिक भएको छ । असोज ५ गते देश भर रिलिज हुने फिल्मका निर्देशक सविर श्रेष्ठ रहेका छन् ।

रामहरी धिताल र बिभिषिका श्रेष्ठ निर्माता तथा महेन्द्र अधिकारी र केदार धिताल सह-निर्माता रहेको ‘बाँध मायाले’ काइट्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । फिल्ममा आर्यन र सृष्टिसँगै नव नायक किशोर खड्का, कलाकारहरु राजाराम पौडल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिंग लगायतका कलाकारहरुको अभिनय रहेको छ । ट्रेलर :