बर्षा बनिन् तैयवकी ‘राधा पियारी’

फिल्म चौका दाउको पहिलो गीत ‘राधा पियारी’ सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी वरिष्ठ कलाकार हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा उक्त गीतलाई सार्वजनिक गरिएको हो । उक्त गीतलाई दयाराम पाण्डेले लेखेका हुन् भने शम्भूजित बास्कोटाको संगीत रहेको छ । गीतमा शम्भूजिक बास्कोटा र कोमल राजभण्डारीको स्वर रहेको छ ।

सौर्य प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मलाई पूणेन्द्रू झाले निर्देशन गरेका छन् भने फिल्मको परिकल्पना तथा संगीत शम्भूजित बास्कोटाको रहेको छ । फिल्मका निर्माता सौर्यजित बास्कोटा रहेको छन् भने साथमा मनोज राजभण्डारीको निर्माणमा सहयोग रहेको छ । यस फिल्मको सहनिर्मातामा पंकज बास्कोटा रहेका छन् ।

फिल्ममा दीर्घ गुरुङको छायाँकन, मित्र डी गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व, वसन्त श्रेष्ठ र भीमफेदी गाइजको कोरियोग्राफ रहेको छ । श्रीपुरुष ढकाल र दयाराम पाण्डेको गीत रचना रहेको यस फिल्ममा शम्भूजित बास्कोटाको संगीत रहेको छ । फिल्ममा वर्षा राउत, सन्तोष पन्त, तैयव शाह, अजश्र ढुंगाना, विल्सिन विक्रम राई, रविन्द्र झा, निर्मल शर्मा, सोनिका के.सी., विजय राई, शिवशंकर रिजाल (जोगिन्दर) लगायतको अभिनय रहेको छ ।

फिल्म आगामी कार्तिक ९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।