‘बिन्ध्यबासिनी संगीत साँझ’मा अर्जुनका एकल रचना

पछिल्लो समय नेपाली फिल्म संगीतमा एकछत्र राज गरिरहेका संगीतकार अर्जुन पोखरेल एकल साँझ मार्फत गुन्जिने भएका छन् । असोजको अन्तिम साता सम्पन्न हुने एकल साँझ, मुक्तिनाथ बिकास बैंकको मुख्य प्रायोजनमा बिन्दावासिनी फाउन्डेसनले आयोजना गर्न लागेको हो । ‘बिन्ध्यबासिनी संगीत साँझ २०७५’नामक उक्त कार्यक्रममा अर्जुन पोखरेलका रचनाहरु गुन्जिने छन् ।
कार्यक्रममा अर्जुनसँगै उनले संगीत तथा स्वरमा सहकार्य गरेका सुगम पोखरेल, अञ्जु पन्त, प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल, मञ्जु पौडेल, रामजी खाँड, सुरेश लामा, स्वेच्छा ठकुरी, सन्तोष लामा लगायत झण्डै एक दर्जन बढी कलाकारहरुले आफ्नो प्रस्तुती राख्नेछन् । सोही कार्यक्रममा बिभिन्न सम्मान तथा पुरस्कार समेत प्रदान गरिने छ ।
सम्मानित हुनेहरुको नामावली :
१. बिन्ध्यबासिनी लाईफ टाईम अचिभमेन्ट अवार्ड २०७५ – संगीतकार शक्ति बल्लभ
२. बिन्ध्यबासिनी संगीत साधना सम्मान २०७५ – गायिका ज्ञानु राणा
३. बिन्ध्यबासिनी संगीत रत्न सम्मान २०७५ – गायक सुगम पोखरेल
४. बिन्ध्यबासिनी कलापत्रकारीता सम्मान २०७५ – रमण घिमिरे
५. बिन्ध्यबासिनी चलचित्र सम्मान २०७५ – निर्देशक, मिन बहादुर भाम (कालो पोथी)
त्यस्तै कार्यक्रममा ७ प्रदेशबाट ७ पत्रकारहरुलाई पुरस्कृत गरिनेछ । पुरस्कृत हुने पत्रकारहरुको नामावली :
१. सपनी राई ज्यू (इलाम एफएम)
२. शिभम कुमार शाह ज्यू (नारायणी एफएम र बिरगंज टिभि)
३. हरि बल्लभ नेपाल ज्यू (मेरो एफएम)
४. प्रकाश पौडेल ज्यू (धौलागिरी एफएम)
५. अनिता खत्री ज्यू (रेडियो रेसुङ्गा)
६. केशब ढकाल ज्यू (भेरी एफ एम)
७. कृष्ण ओली ज्यू (बाजुरा एफएम र नागरिक दैनिक)

नाजिर हुसेनः अब्बल अभिनय गर्छन् तर किन चल्दैनन् ?

‘बुलबुल’ निर्देशकको ‘भूठान’मा हरिवंश र दयाहाङ

दिवाकरको ‘मायाबी’को छायांकन सकियो

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया