सि.डी बिजय अधिकारीको ‘झिम झिम परेली’

सिडी बिजय अधिकारीको ‘झिम झिम परेली’ गीतको भिडियो सार्वजनिक भएको छ । कमल पोखरेलको शब्दमा अधिकारीकै संगीत रहेको गीतको भिडियो कुशलभ के.सीले निर्देशन गरेका हुन् । राम कृष्ण चौलागाईको छायाँँकन रहेको भिडियो केदार राईले सम्पादन गरेका हुन् । भिडियोमा एफ एन्ड एफ ग्रुप फिचर्ड छन् ।