‘टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१८’ मा दिपक बज्राचार्य

गायक दिपक बज्राचार्यले आफ्नो सांगीतिक समूह रिदम र नेवारी संस्कृतिक समुहको साथ धरान र पथरीमा आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन् । आगामी भदौ २२ गते पथरी शनिस्चरेस्थित पथरी रंगशाला र भदौ २३ गते धरानको पब्लिक स्कुलको मैदानमा आयोजना हुने टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१८ मा गायक दिपक बज्राचार्य र टिमलाई सुन्न सकिने छ ।

पछिल्लो समयमा आफ्ना पुराना गीतहरुमा नेवारी संस्कृति ,नेवारी बाजा , लाखेनाच समिश्रण गरि नयाँ प्रयोग गरेर चर्चा बटुल्न सफल गायक दिपक बज्राचार्यले पूर्णत नेवारी संस्कृतिलाई आधुनिक रुपमा पस्किएको पछिल्लो नया गीत मनमगनले उनलाई पुन नया उचाई दिएको छ । यहि गीतको लोकप्रियताले अहिले उनि सांगीतिक वर्ल्डटुरमा ब्यस्त छन् । भर्खरै नेवारी भर्शनमा रिलिज गरिएको यो गीतको नेपाली भर्शन ५० लाख माथिले हेरिसकेका छन् भने चाडै नै यहि गीत ओरिजिनल भिडियो संगै हिन्दी भाषामा समेत आउदैछ र यसको प्रवद्वनको लागि भारतको डिजीट्युन कम्पनीले एक करोड खर्च गर्दैछ ।

काली काली हिस्सी परेकी . ओ अमिरा , समय , कत्ति बस्छौ माईतीघरमा , अँध्यारोमा , मायाको डोरीले , जाऊ फर्केर जाऊ, म कुनै ऋतु हैन , तिमीलाई भुलेको छैन ,नदुखेको मन जानी जानी , झुमी झुमी ,सानी हुदै मनमगनजस्ता थुप्रै हिट गीतहरु दिएर देश- विदेशमा अहिले सम्म उतिकै व्यस्त रहने केहि गायकहरु मध्ये दिपक बज्राचार्य पनि पर्दछन् ।

कन्सर्टमा उनले आफ्ना नया तथा पुराना गीतहरु गाउनेछन् । टुबोर्गको प्रस्तुति तथा सिल्भर इन्टरटेनमेन्ट र माउन्ट एभरेस्ट स्पोर्ट्स एण्ड इभेन्टको संयोजनमा तथा नेवा : दय दबुको सहभागितामा हुन लागेको कार्यकर्ममा दिपक बज्राचार्य संगै पूर्वका चर्चित गायक डिल्ली फोम्बो र ब्याण्ड द बिमोक्स , चर्चित र्यापर बुलेट फ्लो (जीएक्स सोल ) ले समेत आफ्नो प्रस्तुति देखाउनेछन् ।