‘नेम्पा पपुलर फिल्म अवार्ड २०१८’ सम्पन्न

- मेराेफिल्म

अमेरिकास्थित सिकागोमा आइतबार नेम्पा पपुलर फिल्म अवार्ड २०१८ सम्पन्न भएको छ । कार्यक्रममा फिल्म ‘छक्का पञ्जा २’ ले पपुलर फिल्म अवार्ड पाएको छ । सोही फिल्मबाट निर्देशक दिपाश्री निरौलाले पपुलर निर्देशकको अवार्ड प्राप्त गरिन् ।

पपुलर नायकको अवार्ड नायक अनमोल केसीले पाए भने नायिकातर्फ साम्राज्ञी राज्यलक्ष्मी शाहले अवार्ड पाइन् । सह नायकको अवार्ड जितु नेपाल र नायिका तर्फ नीता ढुंगानाले पाइन् । सुप्रसिद्ध हाँस्य कलाकारको अवार्ड केदार घिमिरे र विल्सन विक्रम राईलाई दिइयो ।

अवार्ड समारोहमा कलाकार सुनिल थापालाई लाइभ टाइभ अचिभ्मेन्ट अवार्ड प्रदान गरियो भने युग नायकको रुपमा भुवन केसीलाई सम्मान गरियो । गेहेन्द्र धिमाललाई अचिभ्मेन्ट अवार्ड प्रदान गरियो । गायन तर्फको अवार्डमा पपुलर गायक सत्य स्वरुप र गायिकामा अञ्जु पन्तले प्राप्त गरे ।

२०७५ भदौ १८ गते १४:०१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *