८० मोडलले गरे रक्तदान

आइतबार ठमेलको नर्सिङ चोकमा आयोजित रक्तदान कार्यक्रममा  ‘मोडल हन्ट नेपाल २०१८’ का प्रतियोगी सहभागी भएका छन् । उक्त कार्यक्रममा प्रतियोगीताका ८० प्रतियोगी सहित १५१ बढीले रक्तदान गरे । कार्यक्रममाबाट संकलन भएको रगत नोवल ब्लड बैकलाई हस्तानतरण गरियो ।

मोडल हन्ट नेपाल, लायन्स क्लब अफ ठमेल इवीजा र लायन्स क्लब अफ काठमाडौको संयुक्त आयोजनामा संचालित रक्तदान कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक तथा इवीजा क्लबका अध्यक्ष दावाङ लामाले अहिले देखिएको रगत अभावलाई केही हदसम्म पनि सहज बनाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

फेसन र इभेनटमा सहभागी हुँदा पनि सामाजिक कार्य गर्न पाउदा आफुलाई निकै खुसी लागेको मोडल हन्टका एक सहभागी किरण चन्दले बताइन् ।

युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गरि अन्तराष्ट्रिय स्तरको मोडल बन्न प्रतियोगीता लाभदायक हुने नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले बताइन् । भदौको अन्तिम साता सोल्टी क्राउन प्लाजामा मोडल हन्ट नेपालको बिजेता छानिनेछन् ।