अमेरिकी, भारतीय र नेपाली कलाकारको अभिनय रहेको फिल्म ‘द म्यान फ्रम काठ्मान्डु’ ट्रेलर

- मेराेफिल्म

फिल्म ‘द म्यान फ्रम काठमाण्डु’ को फस्टलुक र ट्रेलर सार्वजनिक भएको छ । नेपालमा बनेको पहिलो अंग्रेजी फिल्मको छायांकन काठमाण्डौ र अमेरिकामा गरिएको छ । आइतबार अमेरिकाको सिकागोमा आयोजित नेपाली नेसनल कन्भेन्सन २०१८ समारोहमा ट्रेलर-पोस्टर लन्च गरियो । पोष्टरमा फिल्मका मुख्य कलाकारलाई मुकुन्डो लगाइएको छ ।

फिल्म निर्देशन पेमा धोन्डुप तिब्बतीले गरेका हुन् । फिल्ममा अमेरिकी कलाकार जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेखको साथमा नेपाली कलाकारहरु नीर शाह,  आना शर्मा,  शिशिर बाङ्देल,  कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ । कार्लोस मेडिनाको छायांकन, एरिक कारखेकको सम्पादन, हरि पिलाइको ध्वनी, जोसे म्यानुअलको स्टन्ट कोरियोग्राफी फिल्ममा रहेको छ ।

२०७५ भदौ १९ गते १२:५८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *