‘ब्याचलर बन्टी’ मा अनमोलकी हिरोइन उकुसा गिरी

नायक अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘ब्याचलर बन्टी’का लागी नायिका फाइनल गरिएको छ । प्रत्येक फिल्ममा नयाँ नयाँ नायिकासँग काम गर्ने अनमोलको यस पटक जोडीको रुपमा डेब्यु नायिका उकुसा गिरी देखिने छिन् ।फिल्म लाई मिलन चाम्सले निर्देशन गर्ने छन्, भने निर्माताको रुपमा सुदिप खड्का रहनेछन । मोडलिंगमा छुट्टै नाम बनाउन सफल ऊकुसा फिल्मी करियरमा सफल हुन्छिन् या अनमोलको छायाँमा पर्ने हुन् त्यो भने हेर्न बाकी छ ।
प्रदीप भारद्वाजको लेखन रहने फिल्म प्रेमकथामा आधारित छ । फागुन १७ मा प्रदर्शन गर्ने तयारीमा निर्माण यूनिट रहेको छ । दशैँ लगत्तै छायांकन सुरु हुने ‘ब्याचलर बन्टी’को सम्पूर्ण छायाँकन युरोपमा हुनेछ । फिल्म चाम्स इन्टरटेनमेन्ट र सुदिप खड्का प्रोडक्सनको व्यानरमा बन्ने भएको छ ।

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया