नायकको खोजीमा ‘नाइँ नभन्नु ल’ निर्देशक विकास राज आचार्य

हिट फिल्म ‘नाईँ न नभन्नू ल’ सिरिज निर्देशक बिकास आचार्यले प्रत्येक फिल्ममा नयाँ कलाकारलाई ब्रेक दिदै आएका छन् । ‘नाईँ न नभन्नू ल – ५’ मा अभिषेक नेपाललाई डेब्यु गराएका आचार्यलाई नयाँ फिल्मको लागि हिरोको आवस्यकता परेको छ । छिटै नै फ्लोरमा जाने फिल्म ‘हजार जुनी सम्म’का लागि उनलाई लिड हिरोको आवश्यक्ता परेको हो ।

गुड लुकिङ,  स्मार्ट,  डान्समा पर्फेक्ट र हाईट ५ : ५ ईन्च प्लस भएका २२ बर्ष देखि २५ बर्ष भित्रका इच्छुक युवाले टिमसंङ्ग सम्पर्क गर्नसक्ने निर्देशक आचार्यले बताए । कविता रेग्मी प्रोड्यूसर रहने फिल्म हजार जुनी सम्ममा हिरो नयाँ भए पनि अन्य कलाकारहरु पुरानै रहने छन् ।