‘मिस एण्ड मिसेस तिज नेपाल २०७५’ मनिषा पौडेल र हिमा गुरुङ

दक्ष इन्टरनेशनल प्रालिको आयोजनामा सम्पन्न ‘मिस एण्ड मिसेस तिज नेपाल २०७५’ मा मनिषा पौडेल र हिमा गुरुङ बिजेता घोषित भएका छन् । मिसेस तर्फ फर्स्ट रनरअप मनिता कोइराला,  सेकेण्ड रनरअप पुजा तामाङ,  मस्ट पपुलरमा पवित्रा रिमाल र भ्युवर्स चोइस सुशिला थापा बन्न सफल भए । त्यसैगरी मिस तिजको फर्स्ट रनरअप सेलिना पुन, सेकेण्ड रनरअप कृपा पौडेल, मस्ट पपुलर ममता दास ले उपाधि हात पारेका छन् ।

दक्ष इन्टरनेशनल प्रालिले हरितालिका तिजको अवसर पारेर आयोजना गरेको “मिस एण्ड मिसेस तिज नेपाल”  सौन्दर्य प्रतियोगितामा बरिष्ठ हास्य कलाकार बसुन्धरा भुसालको प्रमुख आतिथ्यमा अन्य ४ जना विभिन्न क्षेत्रमा योगदान पुर्याउन सफल व्यक्तित्वहरु गायक सिताराम पोखरेल, शान्ता तामाङ, अमिर न्यौपाने, ब्युटिसियन बबिता बुद्धाचार्यलाई समेत सम्मान गरिएको थियो । उक्त सौन्दर्य प्रतियोगितामा गायक आनन्द कार्की, गायिका सिन्धु मल्ल, संचारकर्मी सुर्य चन्द, कलाकार रश्मि भट्ट, गायक यमन श्रेष्ठ, मोडल पार्वती राइ, संचारकर्मी राजेन्द्र लुइँटेल निर्णायक मण्डलीमा रहेर बिजेता घोषित गरेका थिए ।

प्रतियोगीहरुलाइ पच्चीस दिन लामो विशेष प्रशिक्षण प्रदान गरिएको थियो  मोडल तथा कोरियोग्राफर आशिष मिश्रले कोरियोग्राफी गरिएको उक्त सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिइएको थियो । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा आज सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनु नै लक्ष्य रहेको आयोजक टेक राज पाण्डे बताउछन । कार्यक्रम कोरियोग्राफर तथा उद्घोषक आस्विनी झाले संचालन गरेका थिए ।